सेयर बजार कारोबार रकम ७७ करोडमा सीमित

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १५:१७ बजे
सेयर बजा

काठमाडौं । साताको दोस्रो दिन उकालो लागेको सेयर बजार परिसुचक नेप्से आज मंगलबार भने ओरालो लागेको छ । हिजो नेप्से १६ अंकले उकालो लागेको हो ।  आज बजार २.५७ अंकले ओरालो लागको छ । बजार  आज ओरालो लागेसँगै १८९९.७० विन्दुमा झरेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजार सामान्य अंकले ओरालो लाग्दा ७७ करोड  ७० लाख बराबरको कारोबार भएको छ । आज बजार ओरालो लागे पनि सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्यमा भने सकारात्कमक सर्किट लागेको छ ।  त्यस्तै सानजेन जलविद्युत कम्पनीको सेयर मूल्य ७.७३ प्रतिशतले उकालो लागेको छ । नबिल ब्यालेन्स फन्डको सेयर मुल्य ६.२३ प्रतिशत उकाले लागेको छ । 

आज सर्वाधिक गुमाउनेमा तेह्थुम पावर ,सिङग्याटी हाइड्रो पावर , अरु कावेली पावर र इन्फिनिटी लद्युवित रहेका छन् । यिविहरुले क्रमः३.२९,३.२१,२.२८र २.२२ प्रतिशतले गुमाएका छन् । आज सबै भन्दा धेरै कारोबार हुनेमा नविल बैंक, नेपाल टेलिकम सुमित लद्युवित्त र नेपाल बैंक लिमिटेड रहेका छन् । 

२०७९ मंसिर २७ १५:१७ बजे

प्रतिक्रिया