बीमा प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २३ ११:४७ बजे
बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी भर्ना गर्न लागेको छ।

प्राधिकरणले सहायक प्रथममा १० जना तथा प्रशासन कानुन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ सहायक निर्देशक पदमा क्रमशः १५ जना, २ जना, ३ जना र १ जना कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त मागेको छ । 

यसैगरी प्रशासन, चार्टर्ड अकाउन्टेन्ट र सूचना प्रविधितर्फ उपनिर्देशक पदमा क्रमशः ३ जना, १ जना र १ जना कर्मचारी भर्ना गर्न प्राधिकरणले दरखास्त आह्वान गरेको छ। 

इच्छुक उम्मेदवारले आउँदो पुस २४ गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २ गतेसम्म दरखास्त अनलाइनबाट पेश गर्न सक्ने छन् । 

२०७९ मंसिर २३ ११:४७ बजे

प्रतिक्रिया