सात महिनापछि सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २३ ११:३९ बजे

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। सात महिना यताकै सुन उच्च अंकले उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ। यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार छापावाल सुन ९९ हजार ७०० रुपैयाँ कारोबार भएको थियो । सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ पुगेको छ।

२०७९ मंसिर २३ ११:३९ बजे

प्रतिक्रिया