नेप्सेमा १६.६१ अंकको गिरावट आउँदा कारोबार रकममा सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १५:१४ बजे
share

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको नेप्से कारोबारको चौथो दिन आज ( बुधबार) उच्च अंकले ओरालो लागेको छ।  नेप्से आज १६.६१ अंकले ओरालो लागेको हो । हिजो सामान्य अंकले ओरालो लागेको नेप्से आज भने भारी अंकले ओरालो लगेको हो ।

नेप्से ओरालो लागे  पनि कारोबार रकम भने उकालो लागेको छ । हिजो करोडको मात्रै कारोबार भएकोमा आज डेढ अर्व भन्दा बढी रकम बराबरको कारोबार भएको छ । आज  १६५ करोड बराबरको कारोबार भएको छ। 

आज बजार ओरालो लागे पनि केही कम्पनिहरुको सेयर मूल्य भने उकालो लागेको छ ।  आज पनि खपतड लघुवित्तको सेयर मुल्य ६.०९ प्रतिशतले उकालो लागेको छ । कुमारी धनवृतीको सेयर मूल्य पनि ५.१५ प्रतिशतले उकालो लागेको छ । त्यस्तै ग्रीन भेन्चर लिमीटेडको मुल्य ४.४२ प्रतिशतले उकालो लागेको छ । 

आज ओरालो लाग्नेमा नाडेप लघुवित्त ग्लोबल आइएमी बैक ,सिटिजन म्युचुअल फन्ड र सिभम रहेका छन् । आज  सबै भन्दा धेरै कारोबार  सानिमा बैंक र सिभम सिमेन्टको भएको छ । 

२०७९ मंसिर २१ १५:१४ बजे

प्रतिक्रिया