सिद्धार्थ बैंकको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १२:११ बजे
सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट लाभांश घोषणा गरेको छ । सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंक सञ्चालक समितिले आव ०७८-७९ को वितरणयोग्य मुनाफाबाट १२ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  कर प्रयोजनका लागि आठ करोड २३ लाख ९७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको जनाइएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

२०७९ मंसिर २१ १२:११ बजे

प्रतिक्रिया