मितेरी डेभलपमेन्ट बैंकले गर्यो १३ प्रतिशत लाभांश प्रस्ताव

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ ११:५४ बजे
मितेरी डेभलपमेन्ट बैंकले

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८र७९ को सञ्चित मुनाफाबाट  लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज  बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

जसमध्ये १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरलाई वितरण गरिने छ । 

२०७९ मंसिर १९ ११:५४ बजे

प्रतिक्रिया