सेयर बजार परिसुचक नेप्से ओरालो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ १५:१६ बजे

काठमाडौं । कारोबारको चौथो दिन आज सेयर बजार परिसुचक नेप्से सामान्य अंकले ओरालो लागको छ । हिजो सामान्य अंकले उकालो लागेको नेप्से आज (बुधबार) सामान्य अंकले ओरालो लागेको हो ।

हिजो नेप्से २.९९ अंकले उकालाे लागेको थियो। आज नेप्से ३.५१ अंकले ओरालो लागेको । आज नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ८४.२७ करोड बराबरको कारोबार मात्रै भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  

आज लक्ष्मी इक्विटी फन्डको शेयर साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

२०७९ मंसिर १४ १५:१६ बजे

प्रतिक्रिया