बाराही हाइड्रोपावरले मंसिर २१ गते आईपीओ निष्काशन गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ १३:३२ बजे
IPO

 काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि साधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  २६ गतेसम्म ५ लाख ५४ हजार कित्ता साधारण शेयर (आईपीओ)निष्काशन खुला गर्ने  लागेको हो । 

यसअघि स्थानीयलाई निष्काशन खुला गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरी कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 

२७ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।  सर्वसाधारणका लागि छुट्याइएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

२०७९ मंसिर १३ १३:३२ बजे

प्रतिक्रिया