काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफबाट हाल कायम चुक्ता पूँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५३ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।
मंसिर १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनिहरुलाइृ वितरण गरिनेछ।
प्रतिक्रिया