एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १३ ११:३० बजे
एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभाले लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन भएको हो । आज नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ। 

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंसिर १२ गते, बैंकको शेयर प्रतिकित्ता ५३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। बैंकले २८ औँ वार्षिक साधारण सभा मंसिर २६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा बिहान ११ बजे शुरु हुनेछ।

२०७९ मंसिर १३ ११:३० बजे

प्रतिक्रिया