भारतको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १४:४६ बजे
भारतको सेयर बजार

काठमाडौं । केहि महिना यता भातरको सेयर बजार निरन्तर उकालो लागिरहेको छ । भारतको सेयर बजार निरन्तर हाइलाई बे्रक गरीरहेको छ । गत शुक्रवार अल टाइम हाईको रेकर्ड बनाएको भारतीय शेयर बजारले सोमबार पुन नयाँ रेकर्ड कायम गरेको छ। सोमबार कारोबार मापक सूचक ६२ हजार ६६८ अंकमा उक्लिएको छ । 

गत साताको अन्तिम दिन शुक्रवार सेनसेक्सले ६२ हजार २९३ अंक छुँदै अल टाइम हाईको रेकर्ड बनाएको थियो। दुई दिनको बिदा पछि सोमबार खुलेको शेयर बजारले साताको पहिलो कारोबार दिनमै पुन नयाँ रेकर्ड बनाएको हो । बम्मे स्टक एक्सचेन्ज(बिएससि)को कारोबार मापक सूचक सेनसेक्स ३७४.४४ अंकको वृद्धि सँगै ६२ हजार ६६८ अंकमा छ।

जुन अहिले सम्मकै उच्चतम बिन्दु हो। गएको ३० मे देखी भारतको सेयर बजार निरन्तर उकालो यात्रामा रहेको यता नेपालको सेयर बजार निरन्तर खुम्चीदै गएको छ । नेपालको सेयर बजार हाल सम्मको सबै भन्दा हाइ ३२०० विन्दुामा पुगेको छ । ३२ सय विन्दुमा पुगेको नेप्से हाल भने १९५० विन्दुको आसपासका रहेको छ । नेपाली सेयर बजारामा पछिल्लो समय कारोबार हुने रकम र लगानिकर्ता अत्साह कमि आएको छ । 

२०७९ मंसिर १२ १४:४६ बजे

प्रतिक्रिया