एशियन लाइफको १४.५० प्रतिशत बोसन शेयर नेप्सेमा सूचीकृत

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १४:३७ बजे
एशियन लाइफ इन्स्योरेन्स

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।  सोमबार कम्पनीको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार हुने छ । 

२०७९ मंसिर १२ १४:३७ बजे

प्रतिक्रिया