ओरालो लाग्याे सुन चाँदीको मुल्य

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ १२:२२ बजे

काठमाडौं ।  आज नेपाली बजारमा सुन चाँदीको मुल्य  ओरालो लागेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले  ओरालो लागेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।  हिजो ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ मंसिर १२ १२:२२ बजे

प्रतिक्रिया