मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आजै सार्वजनिक हुने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १३:३२ बजे
मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा आज  सार्वजनिक गर्ने भएको छ । पहिलो साता सार्वजनिक गर्नु पर्ने भएपनि राष्ट्र बैंकले दोस्रो साता मौद्रिक  नीति सार्वजनिक गर्न लागेको हो ।  

राष्ट्र बैंकको अनुसन्धान विभागले केहि दिन अघि नै मौद्रिक नीतिको समीक्षाको तयारी सकेर उच्च व्यवस्थापनमा बुझाएको थियो भने उच्च व्यवस्थापनबाट समेत गत साता नै मौद्रिक नीतिको समीक्षा पारित भइसकेको छ। अब केन्द्रिय बैंकको बोर्ड बैठकले पारित गर्ने वित्तिकै समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आज साँझ बोर्ड बैठक डाकिएको छ। बोर्डबाट पारित भएपछि आझै समीक्षा सार्वजनिक गर्ने तयारी छ। 

२०७९ मंसिर ११ १३:३२ बजे

प्रतिक्रिया