प्रभु बैंकको ८ प्रतिशत लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ १२:०९ बजे
प्रभु बैंक

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। प्रभु बैंकले आफ्ना सेयरधनिहरुका लागि लाभांश घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।

२०७९ मंसिर २ १२:०९ बजे

प्रतिक्रिया