गत वर्षको भन्दा बढी नोक्सानमा रहेको सान्जेन जलविद्युतकाे प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १२:४० बजे
सान्जेन जलविद्युत

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिला त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिला त्रैमासको वित्तीय विवरण अनुसरा कम्पनि घाटामा गएको छ।  यस अवधिसम्म कम्पनी १ करोड ४२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष पनि कम्पनी ८५ लाख ५७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । गत वर्षको तुलनामा नोक्सानी  बढेको हो ।

यसले विद्युत् उत्पादन थालेको छैन । यसको कर्जा तथा सापटी भने बढेको छ ।असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसा नोक्सानीमा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ९३ रुपैयाँ ०६ पैसा छ ।

 सान्जेनको चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोष २२ करोड ८० लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष यसको रिजर्भ १७ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । 

२०७९ मंसिर १ १२:४० बजे

प्रतिक्रिया