मंसिरमा निक्षेपको ब्याजदर नबढ्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २९ १३:२१ बजे
निक्षेपको ब्याजदर

काठमाडौं । मंसिरमा बैंकहरुले ब्याजदर बढाउन नपाउने भएका छन् । कात्तिकमा निक्षेपको ब्याजदर स्थिर राखेका बैंकहरूले मंसिरमा पनि सोहि ब्याजदरलाई निरन्तरता दिनुपर्ने छ ।

नेपाल बैंकर्स एसोसिएसनले मंसिरमा पनि ब्याजदर नबढाउने निर्णय गरेसँगै मंसिरमा   ब्याजदर नबढ्ने भएको हो । अर्थतन्त्रका सूचकहरू स्थिर रहेको भन्दै ब्याजदरमा समेत कुनै परिवर्तन नगर्ने नीति बैंकरहरूले लिएका हुन्।  गत असोजमा ६ महिनापछि बैंकहरूले ब्याजदर बढाएका थिए।

असोजदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत र बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज तोकेका छन्। मंसिरमा पनि यही दर कायम हुनेछ। रेमिटेन्स खातामा दिने ब्याजदर भने अधिकतम १५.१३ प्रतिशतसम्म पुगेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार निक्षेपको ब्याजदर मासिक रूपमा बढाउँदा १० प्रतिशत बिन्दुले मात्रै बढाउन पाइन्छ। 

२०७९ कात्तिक २९ १३:२१ बजे

प्रतिक्रिया