काठमाडौं । आज अन्तराष्ट्रिय बाघ दिवस । सन् २००९ मा १२१ वटा बाघ रहेकोमा नेपालमा सन् २०२२ मा बाघको ३५५ पुगेको छ । बिरालो प्रजातीमा संसारकै दुर्लभ मानिने बाघ संरक्षणमा नेपालले पछिल्लो १२ वर्षमा हासिल गरेको यो उत्साहजनक उपलब्धि देखेर डब्लूडब्लूएफ नेपाल आज उत्समहि भएको छ ।घाँसे मैदान,पानी र वासस्थानको सुधारसँगै पछिल्ला वर्षहरूमा नेपालमा बाघको संख्या बढ्दै गएको छ ।
२००८र ००९ मा भएको गणना अनुसार नेपालमा १२१ बाघ थिए, सन् २०१८ मा उक्त संख्या २३५ पुग्यो र पछिल्लो गणना अनुसार बाघको संख्या ३५५ पुगेको छ । यो संख्या किन पनि गर्व गर्न लायक हो भने लक्ष्यभन्दा यो संख्या १०५ ले बढी हो ।हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन सहयोग गरेको छ ।विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) का अनुसार हाल विश्वभरि झन्डै ४ हजार बाघ छन् ।
नेपालमा बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिएपनि बाघको संख्या बढ्नु को साटो उल्टो घटेको थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् ।विश्व बाघ दिवसका अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्दै उनले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय रहेको बताएकी हुन् ।
बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ।
राष्ट्रपति भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार,बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्ने बताएकी छन् ।बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवर्धन एवम् आर्थिक विकासका लागि समेत महत्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन उनले आह्वान पनि गरेकी छन् ।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘विश्व बाघ दिवस’ का रुपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारियो ।
त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणका लागि बासस्थलको संरक्षण, बाघको संख्यामा आएको कमीबारे जनचेतना अभियानका साथै संरक्षणमा भएका प्रयासहरूको निरन्तरताको प्रतिबद्घता र यो अभियानमा सहभागीहरुलाई प्रोत्साहन गरी बाघ दिवस मनाइन्छ ।
नेपालको बाघ संरक्षणमा सरकार,राजनीतिक दल,नेपाली सेना,नेपाल प्रहरीदेखि स्थानीय बासिन्दा हुदैं हामीजस्तो अन्तराष्ट्रिय संस्थाहरुको सामुहिक प्रयास र लक्ष्यप्रतिको प्रतिबद्घता कारण हामीले बाघको संख्या लक्ष्यभन्दा झण्डै–झण्डै तेब्बर पुर्याउन सम्भव भएको हो ।बाघको संख्या घट्नुको पछाडि जंगल फँडानीले हुन गएको बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो । विकासका नाममा बाघको बासस्थानलाई बेवास्ता गर्न थालिएपछि बाघ लोपोन्मुख जन्तुमा पर्न गयो ।यसपछि संरक्षणविद्हरु जुर्मुराए । यो १२ बर्षमा कसैले नसोचेको परिणाम आयो । बाघको संख्या दोब्बरभन्दा बढ्यो ।
बाघचोरी सिकारी शून्य अभियान चल्यो,जसले बाघ जोगाउन सकियो । बाघको वासस्थानको व्यवस्थापनमा विशेष ध्यान पुरयाइयो । विज्ञहरुको सल्लाह अनुसार बाघको जीवनशैलीलाई सहज हुने वातावरण निर्माण गरियो । यी यावत प्रयास र सरकार र संरक्षणमा जुटेका सरोकारवालाहरु बाघ संरक्षणमा निकै गम्भिर देखिए ।
प्रतिक्रिया