कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर किनबेच भएपछि कारोबार तत्काल बन्द गरी अनुसन्धान थालियो

कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर किनबेच भएपछि कारोबार तत्काल बन्द गरी अनुसन्धान थालियो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १४:५३ बजे
रिलायन्स लाइफ

 काठमाडौं ।  निरन्तर   उकालो यात्रामा रहेको  नेप्से  साताको  अन्तिम  दिन आज श्क्रबार  पनि सामान्य  अंकले उकालो लागेको  छ  आजे नेप्स्े उकालो  लागे पनि कारोबार रकमा भने उत्साहा छाएको छैन् ।  त्यस्तै  नेप्सेमा लापरबाहि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को गम्भीर लापरबाहीका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का रहेको कम्पनीको सेयर किनबेच भएको पाइएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता भएपछि गत असार २९ गतेदेखि दुवै कम्पनीको कारोबार रोक्का गरिएको थियो । तर, शुक्रबार नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख २४ हजार १२६ रुपैयाँ बराबरको ६ सय १० कित्ता सेयर किनबेच भएको देखिन्छ । आजको कारोबारमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको  सेयर आज  उकालो लागेको  थियो  ।

कारोबार रोक्का रहेको कम्पनीको सेयर बिक्री भएको बारे नेप्सेले छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘गाभ्ने तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकाले यस सम्बन्धमा के कसो भएको हो ?  भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान अघि बढाएको छ,’ नेप्सेले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

२०७९ साउन १३ १४:५३ बजे

प्रतिक्रिया