काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका गरी जम्मा १३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।
सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ भने बिक्री कात्तिक २९ गते मंगलबार हुनेछ । २८ दिन र ९१ दिनका लागि समान २÷२ अर्ब रुपैयाँ छुट्याएको छ । ९१ दिनका लागि बैंकले ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी छुट्याएको छ ।
प्रतिक्रिया