काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहलो त्रैमासम्मको व्त्तिीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा लघुवित्त ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको हो । समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६८.२९ प्रतिशतले घटेर ६७ लाख १३ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया