पिपुल्स हाइड्रोपावरको आईपीओ निष्कासन

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ११:५२ बजे
IPO

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले साधारणका लागि (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आज शुक्रबारदेखि आईपिओ निष्कासन गरको हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको हो।

जसमा २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष, १ लाख ६८ हजार १९० कित्ता कर्मचारी र बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ। जसमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरे मंसिर ९ गतेसम्म आवेदन दिन ससकिने कम्पनीले जनाएको छ। आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ।

२०७९ कात्तिक २५ ११:५२ बजे

प्रतिक्रिया