मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार खुला हुने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ १३:३० बजे
मर्जर

काठमाडौं । अबदेखि मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार लामो समयसम्मको रोक्का हटेको छ । अब सेयर कारोबार रोक्का रहेका कम्पनीहरुको पनि कारोबार खुला हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार (कात्तिक २४ गते) देखि लागू हुनेगरी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ स्वीकृत गरेको छ । 

 यससँगै अब मर्जरमा जाने कम्पनीहरुको अधिकतम १५ दिन मात्र सेयर कारोबार रोक्का हुने भएको छ । यता, निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा हुने व्यवस्था गरिएको छ । 


२०७९ कात्तिक २४ १३:३० बजे

प्रतिक्रिया