बढ्यो धानको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २४ ०८:१२ बजे
धानको मूल्य

काठमाडौं । सरकारले धानको न्यनतम समर्थन मूल्य निर्धारण गरेको छ । कार्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले धानको मूल्य निर्धारण गरेको हो ।  सरकारले गतवर्षको भन्दा कुइन्टलमा २२६ रुपैयाँ सम्मले बढाएर धानको मूल्य निर्धारण गरेको हो  । 

 कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता  प्रकाश कुमार संजेलले आर्थिक वर्ष ७९- ८० लागि  मोटा धान प्रति  कुइन्टल २९६७ मध्यम धानको मूल्य ३१२८ रुपैयाँ तोकिएको जानकारी दिएका छन् । गत वर्ष भन्दा मोटा धानमा  प्रति कुइन्टल २१५ रुपैयाँ र मसिनो धान २२६ रुपैयाँले बढेको हो ।  आर्थिक वर्ष ७८-७९ कमा मोटो धानको मूल्य २७५२ रुपैयाँ रहेको थियो भने  मसिनो धानको मूल्य २९०२ रुपैयाँ रहेको थियो । किसानहरूले भने सरकारले तोकेको  धानको मूल्य सन्ताेस जनक नभएको बताएका छन् । 

२०७९ कात्तिक २४ ०८:१२ बजे

प्रतिक्रिया