सुनको भाउमा उच्च वृद्धि

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २३ १२:३१ बजे
सुनको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउमा उच्च अंकले उकालो लागेकोे छ ।  आज बुधबार सुन तोलामा नै एक हजार ४०० रुपैयाँले  उकालो लागेको हो ।आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएर प्रतितोला ९४ हजार रुपैयाँमा झरेको थियो ।

चाँदीको मूल्य पनि बुधबार महंगिएको छ । चाँदी तोलामा ३० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम रहेको छ ।

२०७९ कात्तिक २३ १२:३१ बजे

प्रतिक्रिया