बीमा समिति अब 'नेपाल बीमा प्राधिकरण'

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ १३:३७ बजे
नेपाल बीमा प्राधिकरण

काठमाडौं । आजदेखि बीमा समिति 'नेपाल बीमा प्राधिकरण' बनेको छ। बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समिति प्राधिकरणको रूपमा परिवर्तन भएको हो। 

गत भदौमा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो। मंगलबार प्राधिकरणमै एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको घोषणा गरे ।

बीमा ऐन, २०७९ जारी भएसँगै नेपाल बीमा प्राधिकरण थप स्वायत्त हुने अध्यक्ष सिलवालले बताएका छन् । बीमा व्यवसायको नियमनकारी निकायका रूपमा रहने र प्राधिकरणले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकारका रूपमा समेत कार्य गर्ने व्यवस्था बीमा ऐन २०७९ मा रहेको छ । ऐनले नेपाल बीमा प्राधिकरणलाई थप अधिकारसहित स्वायत्त बनाएको उनको भनाइ छ । समितिबाट हुँदै आइरहेको काम कारवाहीले अब प्राधिकरणको नामबाट निरन्तरता पाउनेछ।

२०७९ कात्तिक २२ १३:३७ बजे

प्रतिक्रिया