सानैमा आमा गुमाएकी पासाङ डोल्मा बनिन् सर्वोत्कृष्ट अंक ल्याउँने विद्यार्थी

सानैमा आमा गुमाएकी पासाङ डोल्मा बनिन् सर्वोत्कृष्ट अंक ल्याउँने विद्यार्थी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ११ २१:२२ बजे
सर्वोत्कृष्ट अंक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले  आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ ।

छिमेकी मुलुक भारतमापनि हिजो नतिजा प्रकाशित भएको थियो । तर भारतमा नेपाली भाषी (नेपाली मुलनिवासी) विद्यार्थीले माध्यमिक परीक्षामा सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् ।

टेक्नो ईन्डिया जिआरपी पब्लिक स्कुल सिलिगुडीका छात्रा पासाङ डोल्मा जिम्बाले यस बर्षको माध्यमिक परीक्षामा सबै बिषयमा सर्वोत्कृष्ट अंक  ल्याएकी हुन् । 

फुवागडी निवासी पिता प्रणाम जिम्बा अनि माता स्व. अनु लामाको एक मात्र सुपुत्री पासाङको यस शैक्षिक उपलब्धिका निम्ति फुवागडी लगायत मिरिकवासीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आमा सानैमा गुमाउँनु परेको पिडाका बावजुदपनि पासाङले अत्याधिक अंक ल्याएर भारतभर चर्चा कमाउनुभएको छ ।

२०७९ साउन ११ २१:२२ बजे

प्रतिक्रिया