प्रभु बैंकको ५० लाख १६ हजार १९९ कित्ता संस्थापक सेयर बिक्रीमा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २२ ११:५९ बजे
प्रभु बैंक

काठमाडौं । प्रभु बैंकले ५० लाख १६ हजार १९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकका ८ जना संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्। बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । यसमा लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्यमा कबोल गर्ने पाउने छन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमामा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

२०७९ कात्तिक २२ ११:५९ बजे

प्रतिक्रिया