सेयर बजार : कारोबार रकममा उल्लेख्य वृद्धि २ अर्ब नाघ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २१ १५:२५ बजे
सेयर बजार

काठमाडौं । लगातार उकालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से आज भने सामान्य अंकले ओरालो लागेको छ ।  आज नेप्से ६.४३ अंकले ओरालो लागेको हो आज बजार ओरालो लागे पनि कारोबार रकमा भने उल्लेख्य सुधार आएको छ । सोमबार २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार १ अर्ब ५४ करोडको कारोबार भएको थियो ।  आजको गिरावटसँगै  परिसूचक १९५८ अंकमा झरेको छ । कुल ५६ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ४ को स्थिर रह्यो ।

उपसमूहगत रुपमा बैंकिङ ४, विकास बैंक ३९, फाइनान्स ९, होटल १, जलविद्युत् ६, उत्पादन ६२, माइक्रोफाइनान्स २१ र निर्जीवन बीमा ८१ अंक घटे । जीवन बीमा ४६, अन्य ०।८ र ब्यापार उपसमूह भने ३ अंक बढे । धौलागिरि लघुवित्तको ८ तथा जल्पाको मूल्य ६।९ प्रतिशत बढ्यो । ग्लोबल आईएमई लघुवित्त र सपोर्टको मूल्य भने साढे ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जल्पा लघुवित्त, शिवम् सिमेन्ट, नेस्डो लघुवित्त, रिडी पावर र हिमालयन डिस्टिलरी क्रमश:  अगाडि रहे ।

२०७९ कात्तिक २१ १५:२५ बजे

प्रतिक्रिया