काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७३ प्रतिशत कादरले हुनु आउने ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर र ३.८४२१ प्रतिशतकादरले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँ ४२ पैसा करसहितको नगद लाभांश दिने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी १६ करोड रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण गर्ने भएके
प्रतिक्रिया