सिवाईसी नेपाल लघुवित्तको नाफा करिब ४५ प्रतिशत घट्यो ,प्रतिसेयर आम्दानी ४९ दशमलव ७८

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २० ११:०७ बजे
सिवाईसी नेपाल लघुवित्त

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू.२ करोड ७३ लाखभन्दा बढी खुद नाफा  कमाएको थियो ।

वर्ष कम्पनीको खराब कर्जा संकलन नहुदाँ खुद नाफा घट्द पुगेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रकम नछुट्याएको कम्पनीले यस वर्ष रू. २८ लाखभन्दा बढी रकम छुट्याएको छ । त्यस्तै गत वर्ष रू.१ करोड ७७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष खराब संकलनमा पनि भारी गिरावट आएको छ । 

कम्पनीको चुक्तापूँजी रू.१२ करोड १६ लाखभन्दा बढी रहेको छ ।  यस पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम गत वर्षको यसै अवधिको तुलनामा १४४ प्रतिशत बढेर रू.२९ करोड ५९ लाखभन्दा बढी कायम भएको छ ।

गत वर्षभन्दा साढे ५१ प्रतिशत बढी रू.१ अर्ब ४७ करोड १४ लाख निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा करिब ७७ प्रतिशत बढी रू.३ अर्ब ९२ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव १२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर २ दशमलव ८७ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू.४९ दशमलव ७८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू.३४३ दशमलव ३० रहेको छ । 

२०७९ कात्तिक २० ११:०७ बजे

प्रतिक्रिया