बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा व्यवसायीको प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १४:१५ बजे
व्यवसायीको प्रदर्शन

काठमाडौं। उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै मौन प्रर्दशन गरिएको हो। प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन्।

बैंकले ब्याजदर प्रिमियम,चालु पूँजी निर्देशिका लगायतका नीतिको उनीहरुले विरोध गरेका छन्। व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै माइतीघरमा मौन प्रद्धर्शन गरेका हुन्। निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १र२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ।

त्यस्तै बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसाियीले राखेका छन्।

No description available.

बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरुको रहेको छ । त्यस्तै हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने उनीहरुको माग छ ।

२०७९ कात्तिक १८ १४:१५ बजे

प्रतिक्रिया