भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १८ १३:३९ बजे
पेट्रोलियम पदार्थ

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गरेको छ ।आइओसीले पठाएको मुल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजल प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ७७ पैसाले बढेर आएको हो ।नेपाल आयल निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ । भारतबाट मुल्य बढेर आएपछी नेपालमा पनि मल्य बढ्ने खतरा रहेको छ ।

२०७९ कात्तिक १८ १३:३९ बजे

प्रतिक्रिया