विवाह गरेकी रामबहादुर आलेकी श्रीमतीलाई गाउँपालिकाले कसरी दियो अविवाहिताको प्रमाणपत्र ?

विवाह गरेकी रामबहादुर आलेकी श्रीमतीलाई गाउँपालिकाले कसरी दियो अविवाहिताको प्रमाणपत्र ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १४:१३ बजे
अविवाहिताको प्रमाणपत्र
काठमाडौं । बेला  बेला हाम्रा  स्थानिय तहले गरेका  कामहरु  निकै भाइरल हुने गरेका छन् ।  अहिले एउटा स्थानीय सरकारले गरेको प्रमाणित प्रमाणपत्र खुबै भाइरल भइरहेको छ । यो गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ८ ले गरेको प्रमाणित प्रमाणपत्र हो । रामबहादुर आलेकी श्रीमती अविवाहिता हो भनी सिफारिस साथ प्रमाणित गरिन्छ । 
यसको मुल अंश भनेको नै रामबहादुर आलेकी श्रीमती अविवाहिता हो भनी सिफारिस साथ प्रमाणित गरिन्छ । रामबहादुर आलेसँग विवाह भएपछि अंश सहित गौमाया आलेले सम्बन्ध विच्छेद  गरेकी हुन् ।  त्यसपछि उनले फेरी अर्को बिहे गरेको आरोप लगाउँदै रामबहादुर आलेले कानूनी उपचार खोज्न  थालेकी हुन् । 
त्यो थाहा पाएपछि गौमायाले म अविवाहित नै छु भनेर सिफारिस दिन सत्यवती गाउँपालिका वडा नं. ८ मा निवेदन  दिइन। वडा कार्यालयलेपनि उनलनई  अविवाहित हो भनेर प्रमाणित गर्नुपर्ने थियो ।
किनकी जन्म, विवाह, मृत्यु दर्ता गर्ने पञ्जिकाधिकारी नै वडा कार्यालय हो । उनको निवेदन अनुसार उनले बिहे गरेको रेकर्ड नदेखिएपछि उनलाई वैवाहिक सम्बन्धमा हुनुहुन्न भन्ने वडाले प्रमाणित गरिदियो ।

उक्त विवरणमा अर्को विवाह गरेको फेला नपरेको प्रमाणित गरिन्छ भन्नुपर्ने थियो भनेर सामाजिक सञ्जालमा तर्क गरिएको छ । तर सम्बन्ध विच्छेद भएपछि महिला होस् वा पुरुष अविवाहित नै हुन्छ ।
कुमार वा कुमारी भन्न सकिन्न । तर अविवाहित भन्न सकिने कानून व्यवसायीको तर्क छ । कानूनी निकायले यस्तै प्रमाणपत्र खोजेका कारण यो बनाइएको हो त्यहाँका एक कानून व्यवसायीले जनाएका छन् ।  
२०७९ साउन १० १४:१३ बजे

प्रतिक्रिया