कान्लाबाट लडेर स्याङ्जामा एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १४:२१ बजे
मृत्यु

काठमाडौं । चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको ज्यान गएको छ।चापाकोट नगरपालिका-१० का ४० वर्षीय दिलबहादुर राना कान्लाबाट लडेर ज्यान गएको हो । मदिरा सेवन गरेका कारण राना बुधबार दिउँसो ३ बजे बारीको कान्लाबाट लडेका जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । 

अत्याधिक मदिरा सेवनका कारण हिँड्दा अनियन्त्रित हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताएका छन् । हाल मृतकको शव पोष्टमार्टमका लागि चापाकोट अस्पतालमा राखिएको छ।

२०७९ कात्तिक १७ १४:२१ बजे

प्रतिक्रिया