नेशनल लाइफ इन्सुरेन्स कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १२:१७ बजे
नेशनल लाइफ इन्सुरेन्स कम्पनी

काठमाडौं । नेशनल लाइफ इन्सुरेन्स कम्पनीले मंसिर १८ गते साधारण सभा डाकेको छ । नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे का लागि  सभा बोलाएको हो ।  सभामा आर्थिक वर्ष २०७७–२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

 २०७७–७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले मंसिर ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

२०७९ कात्तिक १७ १२:१७ बजे

प्रतिक्रिया