कोइला अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्टको पुनः उत्पादन सुरु

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १६ १२:०३ बजे
हेटौंडा सिमेन्ट

काठमाडौं । विगत  तिन महिना देखी बन्द रहेको हेटौंडा सिमेन्टको  पुनः उत्पादन सुरु भएको छ ।आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि उत्पादन बन्द रहेको थियो । 

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले जनाएका छन् । कोइला सप्लाइका लागि बोलपत्र आह्वान गरिसकिएको उ पाण्डेले बताएका छन् । भारत, भुटान, इन्डोनेसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन सहज हुने पाण्डेले बताएका छन् । उनले सिमेन्ट उत्पादनमा धेरै खर्च हुन गरेको बताउँदै वितरण मूल्य उत्पादन मूल्य भन्दा कम रहेको बताएका छन् ।  

४० वर्षअघि स्थापना भएको उद्योगमा हाल २ सय १८ जना कर्मचारी छन् । उद्योग सञ्चालन भएको अवस्थामा दैनिक १० देखि १४ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ ।

२०७९ कात्तिक १६ १२:०३ बजे

प्रतिक्रिया