स्थानीय तहमा यसरी हुन्छ भष्टाचार -दुई दिनको नगरसभामा जनप्रतिनिधिले ७ लाख बढीको ८०३ किलो मासु खाएको बील

स्थानीय तहमा यसरी हुन्छ भष्टाचार -दुई दिनको नगरसभामा जनप्रतिनिधिले ७ लाख बढीको ८०३ किलो मासु खाएको बील

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १३:२९ बजे
स्थानीय तहमा यसरी हुन्छ भष्टाचार

काठमाडौं । स्थानीय तहमा कसरी भष्टाचार हुन्छ रु भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना प्रष्ट पारेको छ । 

जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ

नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ ।

उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् ।

यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् ।

जसको खर्च ७५ हजार पर्छ । जनकपुर उपमहानगरपालिकाले नगरसभा सन्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको छ । आजको अन्नपूर्णपोष्ट दैनिकबाट 

२०७९ साउन १० १३:२९ बजे

प्रतिक्रिया