तिहारपछि सुनको भाउ तोलामा १ हजार घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १२:४६ बजे
सुनको भाउ

काठमाडौं । तिहारपछि सुनको मूल्य  आज ओरालो लागेको छ । आज सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले  ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकेको छ । तिहारअघि कात्तिक ७ गते ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ । कात्तिक ७ गते प्रतितोला १२१५ रुपैयाँमा चाँदी कारोबार भएकोमा आइतबार १२०० रुपैयाँ कायम भएको छ । 

२०७९ कात्तिक १३ १२:४६ बजे

प्रतिक्रिया