बालिका बलात्कारको अरोपमा युवक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ १५:५७ बजे

काठमाडौं । बालिका बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् ।   बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डललाई प्हरी पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार १५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको  हो । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । घटनाबारे थप अनुसन्धालाई अगाडी बढाइएको छ । 

पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।

चिनजानपछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले जर्बजस्ती करणी गरेको आरोप बालिका पक्षको छ ।

२०७९ कात्तिक १२ १५:५७ बजे

प्रतिक्रिया