प्रतिबन्ध लाग्दा पनि गत वर्षको तुलनामा एक अर्ब ६ करोड ८ लाख बराबरको मदिरा आयात

प्रतिबन्ध लाग्दा पनि गत वर्षको तुलनामा एक अर्ब ६ करोड ८ लाख बराबरको मदिरा आयात

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ १२:४३ बजे
मदिरा आयात

काठमाडौं ।  बाहिरबाट मदिरा आयातमा सरकाले प्रतिबन्ध लगाउदा पनि  ठुलो रकम बराबरको  मदिरा नेपालमा  बाहिरबाट  भित्रिएको छ । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८/०७९ (साउन २०७८(असार२०७९सम्म) मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा  आयात भएको हो । यो आयात  गत वर्षको  तुलनामा  एक अर्ब ६ करोड ८ लाख रुपैयाँले बढी रहेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तर्राष्ट्रिय व्यापार प्रतिवेदनअनुसार नेपालले यस अवधिमा ६ लाख ७७ हजार ३७१ लिटर विदेशी मदिरा आयातका लागि ३ अर्ब ७१ करोडको १५ लाख १६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेको छ

यस बापत सरकारले ५ अर्ब ५० करोड ८९ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७/०७८ मा नेपालले २ अर्ब ६५ करोड ७ लाख ११ हजार रुपैयाँको ६१ लाख ५६ हजार ३३८ लिटर मदिरा आयात गरेको थियो । १३ चैत २०७८देखि सरकारले रक्सी आयात रोकेको छ ।


२०७९ साउन ९ १२:४३ बजे

प्रतिक्रिया