सानिमा बैंकले गर्यो घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १२:०४ बजे
सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ४ गतें बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।  

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 

२०७९ कात्तिक ६ १२:०४ बजे

प्रतिक्रिया