दोश्रो बजारमा धौलागिरी लघुवित्तको कारोबार सुरू

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ ११:५३ बजे

काठमाडौं । सेयर बजार धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्जमा आजबाट धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडलाई कारोबारमा ल्याएको छ । 

स्पेशल प्रि ओपनिङ्ग सेसनमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता १७९ रूपैयाँ ७ पैसामा भएको छ । नेप्सेले  संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४ सय ४५ रूपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज ९ निर्धारण गरेको थियो ।

गत साता नेप्सेमा संस्थाको १० लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ)  धितोपत्र सूचीकरण  गरेको हो ।  

 धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ ८ गते, बुधबार सम्पन्न भएको थियो । 

२०७९ कात्तिक ६ ११:५३ बजे

प्रतिक्रिया