१५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ९ ११:१३ बजे
राष्ट्र बैंक

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने  लागेको हो ।

ट्रेजरी बिलको लागि सार्वजनिक बोलकबोलमार्फत सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने भएको छ ।  राष्ट्र बैंकका अनुसार खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलको ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र १५ प्रतिशत बिना प्रतिस्पर्धा बाँडफाँड हुने  भएको छ ।  बैंकका अनुसार २८ दिन बिलका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । 

२०७९ साउन ९ ११:१३ बजे

प्रतिक्रिया