दुई महिना यता रेमिट्यान्समा सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १४:५१ बजे
रेमिट्यान्स

काठमाडौं । नेपालमा दुई महिना यता रेमिट्यान्समा सुधार भएके छ । दुई महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ ।

चालू आर्थिक वर्षको दुई महिना साउन र भदौ अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनासम्मको विवरणमा उल्लेख छ ।

अघिल्लो महिना अनुसार रेमिट्यान्स आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेको नेपाला राष्ट्रन बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

२०७९ कात्तिक ४ १४:५१ बजे

प्रतिक्रिया