कहिलेकाँही थोरै मदिरा सेवन गर्नु , मुटुको लागि फाइदाजनक की हानिकारक ? धेरैको लागि नयाँ जानकारी हुनसक्छ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ १३:४५ बजे
डा. ओम मूर्ति अनिल

काठमाडौं । मानिसहरूले विभिन्न कारण आफूलाई आराम दिने गरेका छन् । कतिपयले मदिरा सेवन गरेर आफ्नो थकान मेटाउँछन् । तर हामीलाई यो स्वास्थ्यका हिसाबले कति फाइदा जनक छ भन्ने जान्नु त्यतिकै आवश्यक रहेको छ ।

मदिरा सेवन  पनि विभिन्न समयमा हानिकारक रहेको छ । अा मुटुका रोगी रहेकाहरूले कहिले काँहि मदिरा सेवन गर्दा कति असर पार्छ । मुटुका बिरामी भएकालाई मदिरा सेवन कतिको हानिकारक छ यस विषयमा डा. ओम मूर्ति अनिलको सुझावलाई पढौं । उनले भने यो धेरै बिरामीले आफूलाई सोध्ने गरेको बताएका छन् । उनले भने मदिराले विभिन्न अध्ययनले मुटु रोगको जोखिम कम भएको भनिएको बताएका छन् ।  
 उनले यस विषयमा कसैले पति सय प्रतिशत तथ्य भन्न नसकेको बताएका छन् । स्वास्थ्यका हिसाबले सामान्य अलि अलि खानुलाई त्यति हानिकारक मानिएको छैन् ।  

 सामान्य व्यक्तिहरूले सामान्य रुपमा अलि अलि खान मिल्ने उनको  भनाई रहेको छ ।  ग्लोबल प्रीभ्यालेन्सले  केही वर्ष अगाडि सुरक्षित नभएको बताएको छ । उनले आफूले अनुभव गरेको घटना रिपोर्ट उल्ले गर्दै भने , मैले के पाए भने यदि कसैले  कहिले  काँहि मात्रै एकदम थोरै मात्रामा मदिरा सेवन गर्छ भने, यस्ता व्यक्तिहरु कहिले  काँहि धेरै मदिरा खाइदिन्छन् ।  र यही धेरै मदिरा पिउनेमा ७५ प्रतिशत हृदयघात हुने गरेको छ । सामान्य खाने तर कहिले  काँहि धेरै खाएको  कारण हृदयघात हुने गरेको छ । तर धेरै मदिरा सेवन गर्नेमा यस्तो नदेखिएको उनले बताएका छन् ।  

हामिले कम मदिरा पिउने हो भने यसले त्यस्तो असर नगर्ने उनको भनाई रहेको छ । हामिले धेरै सेवन गरेको दिन रगतमा क्लोटिक टेन्डेन्सी बढ्ने , हार्मोनहरु एक्टिभेट हुने ,रक्त सञ्चारमा  परिर्वतन हुने  जसले गर्दा सामान्य स्वस्थ्य मान्छे भन्दा  यस्ता मानिसहरुकाे रक्त नली बन्द भएर हृदयघात हुने उनको भनाई रहेको छ  ।  

२०७९ कात्तिक ४ १३:४५ बजे

प्रतिक्रिया