नेप्से निरन्तर ओरालो यात्रामा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १५:३८ बजे
सेयर बजार

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से आज पनि ओरालो लागेको छ । नेप्से परिसूचक निरन्तर चौथो कारोबारकाे दिन आज सामान्य अंकले ओरालो लागेको हो ।  

आज नेप्से  १.३८ अंक  ओरालो लागेको हो  ।  आज नेप्से ओरालो लागेसँगै १८४४.१४ विन्दुमा पुगेको छ ।  आज सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०२ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ६४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२१ स्टकको १७ हजार २९६ पटकको कारोबारमा ५० करोड ७६ लाख ८९ हजार रुपैयाँ बराबरको १५ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २३ रुपैयाँ ५० पैसा बढेर २५९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।  बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। 

कारोबार रकमका आधारमा यस दिन अभियान लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, गरिमा विकास बैंक, एभरेष्ट बैंक र नबिल बैंकको यस दिन २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।

२०७९ कात्तिक ३ १५:३८ बजे

प्रतिक्रिया