कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दै -ग्रहण लागेका वेला के गर्न हुन्छ के गर्न हुदैन ?

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १४:२० बजे
सूर्यग्रहण

काठमाडौं । कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ । कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास  लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताएका छन् । 

करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिने छ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्नेछ ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

२०७९ कात्तिक ३ १४:२० बजे

प्रतिक्रिया