नेपाली बजारमा आज घट्यो सुनचाँदीको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ ११:०८ बजे
सुनचाँदीको मूल्य

काठमाडौं ।  आज (बिहिबार)  नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । आज नेपाली बजारमा सुनको मुल्य सामान्य अंकले ओरालो लागेको हो । 

बुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार तोलामा १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

२०७९ कात्तिक ३ ११:०८ बजे

प्रतिक्रिया