आज ६४ करोडको मात्रै सेयर कारोबार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १५:५९ बजे
सेयर बजार

काठमाडौं ।  सेयर बजार परिसुचक नेप्से बुधबार १२ अंकले ओरालो लागेको छ । आज नेप्से ०.६९ प्रतिशतले  ओरालो लागोको हो । आज नेप्से ओरालो लागेसँगै १८४५.५१ बिन्दुमा  झरेको छ ।  

आज नेप्से सँगै  कारोबार रकम पनि ओरालो लागेको छ । आज विभिन्न २१६ वटा कम्पनिको  ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ८८८ रुपैयाँमा ८० पैसामा बन्द भएको छ। 

त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। आज सर्वाधिक घट्नेमा पिपुल्स पावरको सेयर मुल्य ओरालो लागेको छ । कम्पनीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २१३ रुपैयाँमा झरेको छ। सामलिङ पावरको सेयर मूल्य ६.१३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३९८ रुपैयाँ कायम भएको छ।

२०७९ कात्तिक २ १५:५९ बजे

प्रतिक्रिया